सरकारले घटायो दुई खर्ब ४४ अर्ब

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

उपप्रधान तथा अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन्। 

आइतबार चालू आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्दै दुई खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएको बताएका हुन्।

अर्थमन्त्री पौडेलले चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँबराबरको ल्याएकाे बजेट चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारेको जानकारी गराए। 

उनका अनुसार १३ खर्ब ४१ अर्बको राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । उनले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताए।

अर्थमन्त्री पौडेलले चालू खर्चमा मितव्ययिता कायम गरी खर्चलाई पुनः प्राथमिकीकरण गर्ने जानकारी गराए। चालू खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ८४ करोड १६ लाख र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात् ९३.०५ प्रतिशत खर्च हुने अनुमान सरकारले गरेकाे छ। 

सुझावित समाचार