लगानी र योजना नहुँदा खेल क्षेत्रको विकास भएन : सदस्यसचिव घिसिङ

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल र खेलाडीको विकास हुन नसकेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मार्चको तेस्रो हप्तामा सुरु गर्ने गरी राखेपले एसियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको जानकारी दिए। खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक रूपमा अघि बढेको उल्लेख गर्दै घिसिङले मेहनती एक खेलाडीबराबर एक करोड रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताए।

‘मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडीबराबर एक करोड रुपैयाँ आवश्यक परे पनि राज्यले लगानी गर्नेछ। तर, खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ। त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ,’ उनले भने।

नेपाली समाजमा भनसुनका आधारमा खेलाडी र प्रशिक्षक बन्न सक्ने खराब सोच हट्न नसकेको जिकिर गर्दै सदस्यसचिव घिसिङले यस्तो प्रवृत्तिका कारण राष्ट्रले हार व्यहोर्ने बताए।
 

सुझावित समाचार