सभामुख घिमिरेले गरे पदभार ग्रहण

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण
सभामुख घिमिरेले गरे पदभार ग्रहण

तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले संसद्लाई थप व्यवस्थित, क्रियाशील र मर्यादित बनाउन प्रयत्न गर्ने बताए । सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने पहिलाे निर्णय गरेका छन् । 

बिहीबार भएको निर्वाचनमा एक सय ६७ मत ल्याएर घिमिरे सभामुखमा विजयी भएका थिए । संसदमा उपस्थित दुई सय ६८ सदस्यमध्ये कांग्रेसका उम्मेदवारको पक्षमा सय मत पर्दा एकजना तटस्थ बसेका थिए ।

सुझावित समाचार