चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

दूध उत्पादक सहकारी संस्थाको छाता संगठन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले चयन भएका छन् । व्यावसायिक पशुपालक किसानसमेत रहेका बगालेको अध्यक्षतामा संघको २३औँ वार्षिक साधारणसभा तथा नवाैँअधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । 

जसको उपाध्यक्षमा रामेश्वर वली, सचिवमा कल्याण अधिकारी, कोषाध्यक्षमा छविलाल भुसाल र सहसचिवमा शिवप्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा श्यामचन्द्र रैला, दशरथ खतिवडा, युवराज थापा, होमनाथ सुवेदी, हरिप्रसाद अधिकारी, कृष्णदत्त पौडेल, भरतप्रसाद ढकाल, तेजकुमारी काफ्ले, ज्ञानेन्द्र बर्ताैला, कल्पना आचार्य चयन भएका छन् । 

संस्थाले विष्णुहरि घिमिरे संयोजक रहने गरेर नवीन न्यौपाने र बलराम अधिकारी सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति चयन गरेको छ । चितवन रत्ननगरका बगाले डेढ दशकदेखि व्यावसायिक पशुपालनमा छन् । उनको फर्ममा अहिले पनि ४५ वटा गाई छन् ।

अध्यक्ष बगालेले आगामी दिनमा संरक्षक संस्थाको रूपमा जिल्ला संघलाई स्थापित गर्ने बताएका छन् । उनले सरकारसँग समन्वय गरेर जिल्लामा बाच्छी संरक्षण स्रोत केन्द्र बनाएर अघि बढ्ने बताए । यो कार्यबाट गाई र दूधको आवश्यकता परिपूर्ति हुने उनको विश्वास छ । बगालेले यसअघि संस्थामा सचिवको रूपमा काम गरेका थिए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा एक सय नाैवटा सहकारी आबद्ध छन् । दूधमा आत्मनिर्भर जिल्ला चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दुग्ध उत्पादन हुन्छ । 

सुझावित समाचार