सांसदहरू प्रेम आले र माया राईले लिए शपथ

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा आज दिउँसो साढे १२ बजे उनीहरूले शपथ लिएका हुन्।

७ पुसको शपथग्रहण समारोहमा छुटेका सांसदहरू आले र राईलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन्।

सुझावित समाचार