पर्यटन सचिवले भने– हवाई पूर्वाधारमा महत्वपूर्ण उपलब्धी

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

नेपालको हवाई पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भएको पर्यटन सचिव सुरेश अधिकारीले बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)को २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले एयरपोर्टको संख्या बढेसँगै उडान संख्या र हवाई यात्रु पनि बढाउँदै लैजानुपर्ने बताए।

अहिले देशका विभिन्न ठाउँमा ५३ वटा विमानस्थल निर्माण भएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको संख्या नै तीन पुगिसकेको छ। त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन्।

क्यानले त्रिभुवन विमानस्थलको हवाई ट्राफिक व्यवस्थापन गरेर यात्रुको सहज उडानसँगै लागत पनि कम गरेको सचिव अधिकारीले बताए। त्रिभुवन विमानस्थलको यात्रु सेवा पनि पछिल्लो ३/४ वर्षमा उल्लेख्य सुधार भएको उनको भनाइ थियो। अझै सुधार गर्दै अगाडि बढ्न उनले क्यान व्यवस्थापनलाई आग्रह गरे। सचिव अधिकारीले नेपालको हवाइ सुरक्षाको क्षेत्रमा पनि उल्लेख्य सुधार भएको बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को पछिल्लो अनसाइट अडिटले पनि नेपालको उड्डयन क्षेत्र सुरक्षित देखाएको छ।

सुझावित समाचार