वैश्विक मन्दी हल्का र अल्पकालीन भयो भने भारतले लय समात्नेछ, तर मन्दी लम्बियो भने भारत थप संकटमा पर्नेछ
सन् २०२२ मा वैश्विक बजारका लागि निकै चुनौतीपूर्ण वर्ष रह्यो । विश्वका केन्द्रीय बैंक, अमेरिकी फेडरल रिजर्भदेखि युरोपियन सेन्ट्रल बैंक तथा भारतीय रिजर्भ बैंकसम्मले बढ्दो मुद्रास्फीतिबाट मुक्ति पाउन ब्याजदरमा वृद्धि गरे । बन्ड बजार र सेयर बजार दुवैले सुधारको सामना गरे । बन्ड र स्टक दुवैमा एकैपटक गिरावट आउँदैन । यस्तो निकै कम मात्र हुने गर्छ । तर, सन् २०२२ मा त्यही भयो ।
उदाउँदो बजारमा संकट थियो । कारण, अमेरिकी डलर अन्य मुद्राको हिसाबले बलियो देखियो । भारतजस्ता तेल आयात गर्ने देशलाई यसबाट मुद्रास्फीतिमा दोहोरो फाइदा मिल्यो । पहिलो त तेलको मूल्य १२० अमेरिकी डलर प्रतिब्यारेलसम्म बढोत्तरी र दोस्रो अमेरिकी डलरको तुलनामा स्वदेशी मुद्रामा गिरावट । यसले भारतमा झनै बढी मुद्रास्फीति बढ्यो । जसले गर्दा रिजर्भ बैंकले आपत्कालीन घोषणासमेत गर्यो । यस्तै, पटक–पटक गरी ब्याजदर बढायो । यसैबीच, भारतको विदेशी मुद्रा सञ्चितिमा एक खर्ब डलर गिरावट आयो ।
कमोडिटी उत्पादक र कमोडिटी निर्यातकलाई छोडेर बढ्दो बजारको मुद्राको ह्रास भयो । यति मात्रै होइन, ऋण चुक्ता गर्न चुक्ता डिफल्टर हुने स्थितिमा पुग्यो । अधिकांश देशसँग कम मात्रै विदेशी मुद्रा सञ्चिति छ । उनै देशसँग ऋणको भारी पनि उस्तै छ । यस्तो स्थितिमा विदेशी संस्थागत लगानीकर्ताद्वारा रकम निकाल्दा भारतले अन्य फस्टाउँदो बजारसँग चुनौतीको सामना गर्नुपर्यो । विदेशी संस्थागत लगानीकर्ताले सन् २०२१ अक्टोबरदेखि २०२२ जुनबीच बजारमा करिब ३३ अर्ब डलर निकाले । भारतीय बजार पनि सन् २०२१ मा आफ्नो सार्वकालिक स्तरबाट ओरालो लाग्यो । तर, वैश्विक बजारको तुलनामा भने राम्रो प्रदर्शन गरेको छ । साथै, डिसेम्बर २०२२ मा भारतीय सेयर बजारले सार्वकालिक उचाइ पुनः हासिल गर्यो । तर, जहाँ सेयर बजार अहिलेसम्मकै उच्च छ, त्यहीँ अर्थतन्त्रमा मन्दी देखिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतको जिडिपी पहिलो त्रैमासिकको १३.५ प्रतिशतको तुलनामा घटेर ६.३ प्रतिशत पुगेको छ । कमजोर निजी खपत र औद्योगिक क्षेत्रसँगै उच्च लगानी र सेवाको भरपाईसँगै अन्तर्निहित क्षेत्रीय वृद्धि मिल्दोजुल्दो छ ।
डिसेम्बर २०२२ मा भारतीय सेयर बजारले सार्वकालिक उचाइ पुनः हासिल गरिरहँदा सेयर बजार अहिलेसम्मकै उच्च छ । तैपनि अर्थतन्त्र मन्दीमा छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतको जिडिपी पहिलो त्रैमासिकको १३.५ प्रतिशतको तुलनामा घटेर ६.३ प्रतिशत पुगेको छ ।
भारतको विकास दर चक्र चरम अवस्थामा छ । मन्दी पनि उस्तै छ । यद्यपि, कम मुद्रास्फीतिलाई आगामी महिनामा निजी खपत बढाउन सहयोग गर्नुपर्ने देखिन्छ । वित्तीय अवस्था र कमजोर वैश्विक मागको प्रभावले लगानी र निर्यात दुवैमा दबाब पर्नेछ । जब कि महामारीपछि सेवा क्षेत्र धेरै हदसम्म बलियो रह्यो । आगामी आर्थिक वर्षमा कुल घरेलु उत्पादनको वृद्धिदर चालू आर्थिक वर्षको सात प्रतिशतबाट घटेर ६ प्रतिशत रहनेछ ।
नोभेम्बरमा वैदेशिक संस्थागत लगानीकर्ताले पुनः भारतीय बजारमा सेयर खरिद गर्न थाले । जसले गर्दा ३६ हजार करोड भारु फन्ड आयो । वैश्विक कारक चलिरहँदा अल्पकालीन अस्थिरतासँगै भारतीय सेयर बजारमा अझै केही समय हरियाली छाउने देखिन्छ । बजारको राम्रो प्रदर्शनले भारतीय अर्थव्यवस्थालाई के सन्देश दिन्छ ? कुल घरेलु उत्पादनको तथ्यांक अपेक्षाअनुसार छ । महामारीपछि ‘के’ आकारको रिकभरीलाई हेर्दा आगामी तीन महिनामा जिडिपी वृद्धिको गति अझै कम हुने देखिन्छ । कारण, ग्रामीण खपत र निजी क्षेत्रमा लगानीको कमी हुनुका साथै वैश्विक अर्थतन्त्रमा आएको मन्दीले निर्यात वृद्धि कम हुन्छ र यसको सीधा असर जिडिपीमा पर्छ । चाडपर्वका वेला भएको सुखद बिक्रीको वास्तविक प्रमाणका बाबजुद खपतमा वृद्धि र पुनरुद्धार चिन्ताजनक रूपमा ‘के’ को आकार बनिरहेको छ ।
ग्रामीण मजदुरीको वृद्धि निकै कम छ । उपभोक्ताको भावना पनि महामारीपूर्वको स्तरभन्दा तल छ । नोभेम्बरमा अटोमोबाइल क्षेत्रमा आएको कमीले आगामी महिनामा उपभोक्ताको माग कम हुने संकेत गर्छ । अन्तर्राष्ट्रिय व्यापार पनि चुनौतीपूर्ण समयमा प्रवेश गरिसकेको छ । जस्तो कि अक्टोबर र नोभेम्बर महिनामा आयात–निर्यातमा गिरावट आएको देखिन्छ । सरकारी खर्च पनि मौन छ । सख्त मौद्रिक परिदृश्य र वैश्विक माग कमजोर पर्नाका साथै राज्यकोष नियन्त्रणको वातावरणमा आगामी वर्ष मन्दीको अवस्था रहन सक्छ । यद्यपि, आर्थिक वर्ष सन् २०२४ मा भारत विश्वको द्रुत गतिमा बढिरहेको अर्थतन्त्रमध्येको एक हुनेछ । तर, चालू आवको तुलनामा वृद्धिदरमा केही गिरावट आउनेछ । विभिन्न आर्थिक उद्देश्य पूरा गर्नका लागि आगामी दशकमा झनै बढी बलियो विकासको आवश्यकता पर्छ, जुन हाल चुनौतीपूर्ण छ । यस वर्ष अधिकांश विकसित अर्थतन्त्र युरोपदेखि बेलायत र अमेरिकासम्म मन्दीको चपेटामा रहनेछन्, जस्तो पहिलेको मन्दीमा भएको थियो । घरेलु खपतमा आधारित भारतीय अर्थतन्त्र यी बाहिरी झड्कालाई सहन सक्छ । तर, अन्ततः भारतमा पनि जिडिपी सुस्त बनाइदिन्छ । यसपटक पनि यस्तै हुनेछ ।
यदि वैश्विक मन्दी हल्का र अल्पकालीन भयो भने भारत पुनः लयमा फर्किन्छ । तर, यदि लामो समयसम्म चल्ने मन्दी भयो भने भारत पनि यसमा फस्ने निश्चितजस्तै छ । निर्यातमा गिरावट आउने शंकासँगै लगानी पनि कमजोर हुन सक्छ । यसबाहेक घरेलु वित्तीय स्थितिलाई कडा बनाउने र कमजोर खपतको फन्डामेन्टलको पनि कर्पोरेट कमाइमा असर पर्छ । भारतीय सेयर बजारले राम्रो प्रदर्शन गरिरहेको छ । तर, ग्राउन्ड रियालिटीको आर्थिक वास्तविकता वैश्विक परिदृश्यमा निर्भर छ । यसमा केही छिद्र भने देखिएका छन् ।