पेरिसको कुर्द सांस्कृतिक केन्द्रमा गोली चल्दा तीनको मृत्यु

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्थित कुर्द सांस्कृतिक केन्द्रमा गाेली चलाउँदा तीनजनाको मृत्यु भएको छ। उक्त गोलीकाण्डमा अन्य तीनजना घाइते भएका छन्। 

उक्त बन्दुकधारीले नजिकै रहेकाे हेयरड्रेसिङ सैलुनमा पसेर गोली चलाएकाे थियाे। सो क्षेत्र पसल र रेष्टुरेन्टहरूको व्यापक चहलपहल भएको क्षेत्र हो जहाँ ठूलो संख्यामा कुर्दहरू बसोबास गर्छन्।

प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताएअनुसार यसअघि दुईवटा हत्या प्रयासमा संलग्न बन्दुकधारीले सुरुमा कुर्दिश सांस्कृतिक केन्द्रलाई निशाना बनाएर नजिकैको हेयरड्रेसिङ सैलुनमा प्रवेश गरेका थिए।

‘हामीले एक बूढो सेतो मानिसलाई सैलुनमा प्रवेश गरेको देख्यौँ,  त्यसपछि कुर्दिश सांस्कृतिक केन्द्रमा गोली हान्न थाले,’ नजिकैको रेस्टुरेन्टमा काम गर्ने रोमेनले एएफपीलाई टेलिफोनमार्फत बताए। 

सेन्टर अहमद काया भनिने कुर्दिश सामुदायिक केन्द्र, पेरिस क्षेत्रमा कुर्द जनसंख्यालाई एकीकृत गर्न काम गर्ने परोपकारी संस्था हाे। 

See More On

सुझावित समाचार