लक्ष्मी ग्रुपको वार्षिकोत्सवमा बालबालिकालाई सहयोग

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

 लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्रुपको ४९औँ वार्षिकोत्सवको अवसर पारेर बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेको छ । कम्पनीले ललितपुरको धापाखेलमा रहेको सेरेब्रल पल्सी सेन्टरका ५० जनाभन्दा बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री वितरण गरेको हो । 

हुन्डाई नेपालले हुन्डाई मोटरको ‘मोबिलिटी’सँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको जनाइएको छ । ‘मोबिलिटी’ सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्कघात भएका व्यक्तिहरूलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका काम गर्दै आएको दाबी गरेको छ । 

साथै, सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तीकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्री बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको जनाएको छ । 

सुझावित समाचार