कोकाकोलाले दियो नेपाली कामदारलाई वर्ल्डकप हेर्ने अवसर

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

वर्ल्डकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा योगदान पुर्याएका सातजना नेपाली कामदारलाई कोकाकोला नेपालले रंगशालामै प्रत्यक्ष वर्ल्डकप हेर्ने अवसर प्रदान गरेको छ ।

परिवारको खुसीका लागि बिदेसिएका नेपालीहरूको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरूप कम्पनीले उक्त पहल लिएको कोकाकोला नेपालले जनाएको छ । रंगशालामै बसेर प्रत्यक्ष वर्ल्डकप हेर्न पाउनु आफूहरूका लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसका लागि कोकाकोलाप्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।

यसबारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोकाकोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपका लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीका लागि केही गर्न चाहन्थ्यौँ । उहाँहरूको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।’  

कोकाकोलाले योभन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारलाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरिदिएको थियो, जसले गर्दा उनीहरूले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैँ–तिहार मनाउने अवसर पाएका थिए ।

सुझावित समाचार