मोरङ १ मा कांग्रेसका लिम्बूको जित

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू विजयी भएका छन् ।

एमाले उम्मेदवार घनश्याम खतिवडालाई चार सय ३० मतले पराजित गर्दै लिम्बू प्रतिनिधिसभा पुगेका हुन् । उनी मोरङ कांग्रेसका सभापति पनि हुन् । 
निर्वाचन कार्यालयका अनुसार लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् ।

०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा लिम्बू खतिवडासँग ६ हजार मतले पराजित भएका थिए । त्यसवेला खतिवडा तत्कालीन एमाले र माओवादीबीचको वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । 

सुझावित समाचार