१७७ रनको लक्ष्य पछ्याउँदै नेपाल

शुक्रबार, २ मंसिर, २०७९
डिजिटल संस्करण

तीन एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले एक सय ७७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले युएईलाई १७६ रनमै रोक्न सफल भएपछि एक सय ७७ रनको सामान्य लक्ष्य पाएको हो । 

युएईलाई सामान्य लक्ष्यमा रोक्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । युएईले एक समय ९३ रनमै ९ विकेट गुमाइसकेको थियो । एक समय ९२ मा पाँच विकेटको अवस्थामा रहेको युएईले एक रन बनाउँदा थप चार विकेट गुमाएको थियो । तर, त्यसपछि अन्तिम विकेटमा युएईले ८३ रनको साझेदारी गर्याे । 

आयन अफ्जल खान ५४ रनमा नट आउट भए भने हजरत विलावलले २० रन बनाएर अन्तिमसम्म साथ दिए । ३१ ओभरभित्रै नाै विकेट गुमाएको युएई बाँकी १९ ओभरमा कुनै विकेट गुमाएन । 

खेलमा नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीको नाममा एक–एक विकेट रह्यो । युएईका लागि पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अहिले नेपाल लक्ष्य पछ्याइरहेको छ । आजको खेल जिते नेपालले शृंखला जित्नेछ ।  

सुझावित समाचार