१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक २८ सोमबार २o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तेस्रोलिंगीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार २o:१९:oo

सर्वोच्च अदालतले लैंगिक पहिचान फरक परेका कारण तेस्रोलिंगीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार निर्वाचन आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।

आदेशम भनिएको छ, 'लैंगिक तथा अल्पसंख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्थासमेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रनिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचारसमेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू।'

आयोगले बन्दसूची र नागरिकतामा लैंगिक पहिचान फरक परेका प्रतिनिधिसभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो। नेकपा (एकीकृत समाजवादी) ले तेस्रोलिंगी पहिचानमा नागरिकता लिएकी डिलु बुदुजा नाम बन्दसूचीमा राखेको थियो। 

आयोगले बन्दसूचीबाट नाम हटाउने निर्णयविरुद्ध उक्त पार्टीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। रिट निवेदनमा गैरकानुनी रूपमा बन्दसूचीबाट उम्मेदवारी हटाउने निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो।