मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Monday, 10 August, 2026
फाइल तस्बिर
२o७९ कार्तिक २८ सोमबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको टिप्पणी– रविका गाडी ४ मंसिरसम्म कुद्ने हुन्, गठबन्धन त्यसै आत्तियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १६:१९:oo

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तागठबन्धन साना दलहरूसँगै डराएको टिप्पणी गरेका छन्।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारमा रहेको गाडीमा भएको आक्रमणतिर इंगित गर्दै ओलीले यस्तो बताएका हुन्। सोमबार चितवनमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले साना दलसँग ठूला दलहरू डराउनु नपर्ने आशय व्यक्त गरे।

‘यहाँ (स्टेजमा) अहिले राम्रो गीतमा राम्रो डान्सर नचाउनुभयो भने त्यहाँ (छेउमा) केटाकेटी नाच्न थाल्छन्। अनि डान्सरहरूले आत्तिनुपर्छ केटाकेटी नाचे भन्दैमा ? यहाँ त कलाकार नाच्ने हो, डान्सर नाच्ने हो। केटाकेटी त्यहाँ नाचिराख्या हुन्छन्,’ उनले भने, ‘ए बाबा के बजाएको छ? ढ्यांग्रो पनि बजाएको छैन। एउटा घन्टी पनि बजाउन नदिने ? अनि ढुंगा हान्न जाने ? केही ठूलो दमाहा, नरसिंहा बजाएको पनि होइन।’

युवाहरू राजनीतिमा आउनु राम्रो भए पनि मंसिर ४ पछि लामिछानेलगायतका उम्मेदवार कुद्न छाड्ने अध्यक्ष ओलीको कटाक्ष छ। उनले भने, ‘युवाहरू आए, राजनीतिमा रुचि राखे, राम्रो कुरा हो। ४ गतेसम्म कुद्छन् ठीक छ नि। कति आत्तिएको होला ! कति डराएको होला ! गठबन्धन केका लागि ?’