
समृद्धि फाइनान्सले २१औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ खाता योजना सार्वजनिक गरेको छ । कम्पनीले फरक–फरक ब्याजदरका चारवटा खाता योजना सार्वजनिक गरेको हो ।
‘लोभलाग्दो ब्याज खाता’ नाम दिइएको योजनामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, तीनमहिने मुद्दती निक्षेपमा १३.२० प्रतिशत ब्याज रहेको खाता, कल खातामा ४.५ प्रतिशत ब्याज र समृद्घि डबल धमाका, तेब्बर धमाका, पाँच गुणा र आठ गुणाका मुद्दती खाताहरू भएको योजना ल्याएको हो ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा १० वर्षभन्दा बढी समय कार्यकाल बिताएका चारजना कर्मचारीलाई दीर्घ सेवा पदकसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, कार्यालयले दिएको लक्ष्य पूरा गर्ने १३ जना कर्मचारीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको जनाइएको छ । त्यस्तै, संस्थाका सबै शाखाका ऋणीहरूमध्ये १० जना उत्कृष्ट ऋणीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको संस्थाका कामु मुख्य व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकरी दिए ।