१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संविधानविरोधीलाई संसदमा पठाउनुको औचित्य छैन : नेता पौडेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१४:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  संविधानविरोधीलाई संसदमा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन्।

आइतबार मध्यनेपाल नगरपालिका–२, सोतिपसलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता पौडेलले नेकपा एमालेले पटक–पटक संसद् भंग गरेर संविधानको चीरहरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरि संसदमा पठाउनु ठूलो भूल हुने बताएका हुन्।

पौडेलले आफूले पाएको बहुमतको दम्भ देखाएर पटक–पटक संविधानको उल्लंघन गर्ने र संसद् विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकाले त्यसविरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथसमेत रहेका नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीको बहुमत हुने अवस्था नभएकाले लोकतान्त्रिक वाम गठबन्धन गरेर आएको बताए। देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्तिहरू एक भएर यस्ता लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे।

गठबन्धन किन भन्ने विषयमा बोल्दै नेता पौडेलले भने, ‘भविष्यमा मिलीजुली सरकार गठन गर्नु नै छ भने अहिले मिलेर किन चुनाव नलड्ने भनेर हामी एक भएका हौँ। पाँचदलीय गठबन्धनको साझा एजेन्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएको हो।’ 

संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धिलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिच्ने काम गरेकालाई त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ–गाउँ र जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताए। 

पटकपटकको परीक्षण नेपालजस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमा स्थिरता कायम गरेर उन्नति गर्न पाउनुपर्दछ भन्ने पाँचदलीय गठबन्धनको मुख्य उद्देश्य रहेको बताए। 

गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योगधन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नुपर्दछ भन्ने मुख्य ध्येय रहेकोले सोहीअनुसार काम गर्न गठबन्धनलाई जिताउनुपर्ने उनको धारणा थियो। 

त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा (क) मा कांग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे।

नेता पौडेलले हामी सबैलाई सुशासन चाहिएको भन्दै सुशासनको लागि गठबन्धन दृढ रहेको बताए। कांग्रेसका नेता पौडेल तनहुँ १ बाट प्रतिनिधिसभा उमेदवारसमेत हुन्।

चुनावीसभामा कांग्रेसका नेता दिलबहादुर घर्ती, प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङ, प्रदेश सभाका उमेदवारहरू डा. टकराज गुरुङ र प्रदेश सभा ख भेषबहादुर पौडेलले संविधानको रक्षा र सुशासनको लागि पाँचदलीय गठनबन्धनलाई जिताएर पठाउनुको विकल्प नरहेको बताए। 

ad
ad