१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेसको मेगा बम्पर उपहारमा पाँच तोला सुन विजेताको नाम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:४५:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो, दसैँ, तिहारलाई गोल्डेन बनायो' योजनाअन्तर्गत मेगा बम्पर उपहार विजेताको नाम घोषणा गरेको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले मेगा बम्पर उपहारमा पाँच तोला सुन जितेका छन्।

सिटी एक्सप्रेसले गत भदौ १५ गते दसैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६३ दिनसम्म चल्ने गरी उक्त उपहार योजना घोषणा गरेको थियो। योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनाले एक तोला सुन, हरेक हप्ता एकजनाले १० तोला चाँदीका साथै ६३ दिन लगातार १६ जनाले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिसकेका छन्।

योजनामा सहभागीमध्ये एक हजार ८ जनाले दैनिक उपहार, नौजनाले साप्ताहिक उपहार र दुईजनाले मासिक उपहार जित्न सफल भइसकेका छन्।
  
सिटी एक्सप्रेसले देशभरका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।

ad
ad