मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १८:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको भविष्यवाणी- खरानीको डल्लो फुटेर सकिएजस्तै माधव नेपाल यही चुनावमा सिद्धिन्छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन्। 

कैलालीको अत्तरियामा एमालेले शनिबार गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मंसिर ४ पछि एमाले सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए। मंसिर ४ मा हुने चुनावमा एमालेले सरकार गठन गर्न सक्ने जनमत पाउने अध्यक्ष ओलीले दाबी गरे।

‘मंसिर ४ पछि एमाले सरकार बन्छ, कसैले रोक्न सक्दैन,’ उनले भने, ‘चुनावमा भ्रष्टाचारीहरू पैसा दिएर मत किन्न आउलान्। पैसा खाइदिनुहोला तर भोट नबेच्नुहोला।’

अध्यक्ष ओलीले मंसिर ४ पछि एकीकृत समाजवादी पार्टी समाप्त हुने दाबी गरे। ‘माधव नेपाल त यही चुनावबाट सिद्धिन्छन्,’ उनले भने, ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनविरुद्धका देशविरुद्ध, जनताको चाहनाविरुद्ध र विकासविरुद्धका अपराधको सजाय माधव नेपालले यस चुनावमा पाउनेछन्।’ 

एकीकृत समाजवादीलाई खरानीको डल्लोको संज्ञा दिँदै उनले पानी सुकेसँगै खरानीको डल्लो फुटेर सकिएजस्तै माधव नेपालको पार्टी सकिने ओलीको दाबी थियो। 

‘वामपन्थी आन्दोलन, राष्ट्रवादी आन्दोलन समाप्त पार्न विभिन्न साँठगाँठ गरेर, बाह्य शक्तिसँग मिलेर आफ्नो घरमा आगो लगाउनेहरू अब सकिन्छन् । एमाले सिध्याउँछौँ भन्नेहरू आफैँ सिद्धिन्छन्,’ ओलीले भने, ‘ माधव नेपाल, प्रचण्डलगायतका मान्छेहरू क्रमशः सिद्धिदै गएका छन्। माधव नेपाल त यही चुनावबाट सिद्धिदै छन्।’

प्रचण्डका लागि कांग्रेससँगको सहकार्य ‘चोक्टा खान जाँदा झोलमा डुबेको’जस्तै भएको भन्दै ओलीले व्यंग्य गरे। एमालेसँग तालमेल गर्दा ५४ सिट जितेको माओवादीले अहिले भागबन्डा पाएको आधा सिट पनि जित्न नसक्ने ओलीले ठोकुवा गरे। 

‘यसअघि एमालेसँग तालमेल गरेर ५४ सिट जितेको थियो। अहिले ठूलो भाग खान खोजेका थिए । चोक्टा खान गएको झोलमा डुबेकोजस्तो भएको छ ।’ माओवादीलाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘४०–४५ सिट पाएको छ, त्यसको आधा पनि जित्दैन।’ 

एमालेसँग एक्लै लड्ने सामर्थ्य नभएपछि कांग्रेसले गठबन्धन गरेको ओलीले बताए। गठबन्धनले चुनाव जिते प्रधानमन्त्री को बन्ने र कुन पार्टीको कार्यक्रम लागू हुने भनेर उनले प्रश्न गरे। ‘गठबन्धनबाट अबको प्रधानमन्त्री को हो ? अहिले आफूआफू प्रधानमन्त्री घोषणा गर्दै हिँडेका छन्,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाउने कुरामा सहमति छैन, नीति कार्यक्रम लागू गर्ने कुरामा सहमति छैन। त्यसकारण गठबन्धन होइन, राष्ट्रियता र विकासको मुद्दा बोक्ने बलियो शक्ति चाहिएको छ।’ त्यो शक्ति एमाले भएको उनले बताए।

ओलीले गेटामा संरचना निर्माण भइसकेको मेडिकल कलेज सञ्चालन नगरेर प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज खोल्न थालेको भन्दै विरोध जनाए। 

गेटामा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले डडेल्धुरामा सुविधा सम्पन्न अस्पताल भए पुग्ने बताए। ‘डडेल्धुराका डाँडामा मेडिकल कलेज पछि लैजाउँला। संरचना तयार भइसकेको गेटामा पहिले सञ्चालन गरौँ,’ उनले भने, ‘डडेल्धुरामा भव्य अस्पताल बनाएर गेटा मेडिकल कलेज चलाऊँ।’

ओलीले शनिबार नै कैलालीको लम्की र डोटीको दिपायलमा आयोजित चुनावीसभालाई सम्बोधन गरेका थिए।