
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’ सुरु गरेको छ । बैंकले आफ्ना सेवा डिजिटलाइज्ड गर्ने क्रममा यो सेवा सुरु गरेको हो ।
यस सेवामार्फत ग्राहकले कुनै पनि बैंकिङ सेवाको अनुरोध सीधै च्याटबट सेवाद्वारा गर्न सक्ने जनाइएको छ । साथै, ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि यस प्लाटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकका लागि अझ सहज, सुरक्षित र विश्वसनीय हुनेसमेत बैंकले जनाएको छ ।
बैंकले हाल देशभरमा एक सय ८० शाखा, एक सय ३३ एटिएम र ९६ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।