
०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहरा ०७८ मा ठडियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले यसकाे ०७८ वैशाख ११ गते उद्घाटन गरे । तर, ०७८ वैशाखदेखि ०७९ कात्तिक आइपुग्दा पनि फेदका संरचना बन्न सकेका छैनन् । धरहराको पार्किङ र बगैँचातर्फको काम अस्तव्यस्त छ ।
धरहरापरिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङलगायतका संरचना बनाउने भने पनि त्यो काम सुरु नै भएको छैन । हामी बुधबार धरहरापरिसर पुग्दा केही मजदुर दुबो लगाउँदै थिए । केही इँटा मिलाउँदै । फेदबाट हेर्दा टुप्पो सुन्दर देखिन्थ्यो भने टुप्पोबाट फेद हेर्दा भग्नावशेष । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :