१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालका लागि पाकिस्तानी राजदूतमा हासमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:१९:oo

पाकिस्तान सरकारले हाल अमेरिकामा रहेका कूटनीतिज्ञ अब्रार एच हासमीलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । डब्लुआइओएन न्युजका अनुसार परराष्ट्रमन्त्री विलावल भुट्टो जर्दारीको सिफारिसमा प्रधानमन्त्री शाहनवाज सरिफले राजदूतका लागि हासमीलाई स्वीकृति दिएका हुन्।

हासमी हाल अमेरिकाको ह्युस्टनस्थित पाकिस्तानी महावाणिज्यदूतका रूपमा कार्यरत छन्। उनले लामो समय पाकिस्तानको विदेश मन्त्रालयमा कास्मिर मामिला हेर्दै आएका छन्।

यसअघिका राजदूत सैयद हैदर शाह पनि भारतस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत थिए। हासमी पनि भारतस्थित पाकिस्तानी उच्चायोगमा २०१२ देखि २०१४ सम्म राजनीतिक काउन्सिलरका रूपमा कार्यरत थिए। उनी कार्यभार सम्हाल्न छिट्टै नेपाल आउन लागेका कूटनीतिक स्रोतहरूले जनाएका छन्।

ad
ad