१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तेहरान
२o८१ बैशाख ३० आइतबार o९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इरानको हिजाबविरोधी प्रदर्शनमा दमन, बालबालिकासहित १० को मृत्यु

Read Time : < 1 मिनेट
तेहरान
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२९:oo

इरानको दक्षिणपूर्वी क्षेत्रमा जारी हिजाबविरोधी शुक्रबारको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० को मृत्यु भएको छ । इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा गभर्नर कार्यालयको छत र अन्य भवनबाट शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको समाचारहरूले उल्लेख गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमले भने खासलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबारको प्रदर्शन हिंसात्मक बनेको दाबी गरेका छन् । सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको एउटा भिडियोमा सहरको एउटा भवनबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ । 

अधिकारवादी समूहहरूले इन्टरनेट अवरोध र जाहेदानबाट खास सहरमा थप सुरक्षा बल ल्याउने सुरक्षा अधिकारीहरूको तयारीबीच थप रक्तपात भएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले इरानका अधिकारीहरूले तत्काल सुरक्षा फौजमाथि लगाम लगाउन भनेका छन् । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले तत्काल इरानका राजदूतहरूसँग चासो राख्नुपर्छ र संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्द्वारा स्वतन्त्र अनुसन्धान संयन्त्रको स्थापनाका लागि पहल गर्नुपर्ने उनीहरूले जोड दिएका छन् ।

खासबाट इरानीवायर नामक अधिकारवादी समूहले सिएनएनलाई सेयर गरेको भिडियोमा पृष्ठभूमिमा ठूलो आवाजमा गोली चलेपछि कैयौँ प्रदर्शनकारी घाइते भएको र अचेत अवस्थामा रहेको देखिन्छ । यसैबीच, देशको अर्धसरकारी फार्स समाचार एजेन्सीले ट्विटरमा जलेका कारहरू र क्षतिग्रस्त भवनहरूको तस्बिरहरू पोस्ट गरेको छ । तस्बिरको क्याप्सनमा प्रदर्शनकारीलाई क्षतिका लागि जिम्मेवार ठहर्‍याइएको उल्लेख छ ।   

तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिस महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन जारी छ । सिएनएनका अनुसार प्रहरी प्रमुखले एक बलोच बालिकालाई बलात्कार गरेको आरोप लागेपछि हालै सिस्तान र बलुचिस्तान राज्यको राजधानी जाहेदानमा पनि ठूला प्रदर्शन भएका छन् । पाकिस्तान र अफगानिस्तानको छिमेकी यो प्रान्तमा लामो समयदेखि उत्पीडनमा परेका सुन्नी मुस्लिम बलोच जातीय अल्पसंख्यक समुदायका सदस्यहरू बसोवास गर्छन् । यो क्षेत्र लामो समयदेखि अशान्त छ ।   

ad
ad