१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चामल आयातमा नेपालगन्ज भन्सारको कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:o९:oo

नेपालगन्ज भन्सार कार्यालयले भारतबाट चामल ल्याउन कडाइ गरेको छ। 

घरायसी खर्चका लागि भन्दै सर्वसाधारणले राजस्व नतिरेर चामल ल्याउने गरेकाे भन्दै नेपालगन्ज भन्सार कार्यालयले चामल ल्याउन कडाइ गरेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए। 

घरायसी खर्चका लागि सर्वसाधारणले भारतबाट खुलेआम चामल ल्याउँदा राजस्व घट्नुका साथै नेपालगन्जको व्यापार व्यवसायमा समेत असर परेपछि कडाइ गरिएको उनले बताए। ‘भन्सार ऐनअनुसार एक बोरा चामलको एक सय रुपैयाँ राजस्व लिइएको छ। यसले राजस्व बढ्ने नै भयो। भारतबाट चामल ल्याउनेहरू निरुत्साहित हुनेछन्,’ उनले भने। 

भारतबाट चामल ल्याउन भन्सार कार्यालयले गरेको कडाइलाई निरन्तरता दिने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। अवैध रूपमा ल्याउने क्रमलाई भंग गर्न र राजस्वको दायरा बढाउन कडाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ। 

घरायसी खर्चका लागि ल्याउनेलाई छुट दिँदा तस्करी बढेको उनको भनाइ छ। ‘खुट्टा टेक्ने ठाउँ दिँदा सुत्ने ठाउँ खोज्ने प्रवृत्ति बढ्यो। अहिले नियन्त्रण नगरे झनै समस्या पर्ने देखियो,’ उनले भने।

नेपालगन्ज भन्सार कार्यालयले बुधबारदेखि चामल ल्याउन कडाइ गरेको छ। बुधबार पहिलो दिन तीन सय २१ वटा प्रज्ञापन-पत्र जारी भएको आइटी अफिसर नाथप्रसाद सापकोटाले जानकारी दिए। 

उनका अनुसार मंगलबार एक सय ५३ वटा मात्र प्रज्ञापन-पत्र जारी भएको थियो। ‘राजस्व संकलनमा खासै अन्तर नभए पनि प्रज्ञापन-पत्र जारी भने दोब्बरले वृद्धि भएको रेकर्ड छ,’ उनले भने।

मंगलबार यात्रा शाखाले एक लाख १८ हजार ७४५ रुपैयाँ राजस्व संकलन गरेको थियो भने बुधबार एक लाख २२ हजार ६५८ रुपैयाँ राजस्व संकलन भएको सापकोटाले बताए। 
   
 

ad
ad