१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Sunday, 11 May, 2025
रासस नेपालगञ्ज
२o७९ कार्तिक १७ बिहीबार १२:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘टुर प्याकेज’ ल्याउँदै पर्यटन व्यवसायी

Read Time : < 1 मिनेट
रासस, नेपालगञ्ज
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १२:४३:oo

पर्यटन प्रवर्द्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन्। नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोपार्जन पुनरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चारदिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरेर सो घोषणा गरेका हुन्।

नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने उल्लेख गर्दै कोभिड– १९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव बढेको बताइन्। उनले त्यही अभाव न्यूनीकरणका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालिम चलाउन थालिएको जानकारी दिइन्। 

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटन नै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने धारणा राखे। उनले देशको अर्थतन्त्र सबलीकरणमा निजी क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै तीन प्रदेशका पर्यटन व्यवसायीले तालिमपछि बनाउने टुर प्याकेजमा एकरूपता आउने बताए।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमै पहिलोपटक आयोजना गरिएको तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक टिकट व्यवस्थापन गर्न सक्ने उल्लेख गरे।