१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रत्यक्षतर्फको तीन करोड ४० लाख मतपत्र छपाइ सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १६:३o:oo

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको तीन करोड ४० लाख मतपत्र छपाइ सम्पन्न भएको छ। 

निर्वाचन आयोगले ६० लाख मतपत्र छाप्न बाँकी रहेकाे जनाएको छ। आयोगका अनुसार ललितपुर, भक्तपुर, काठमाडौं, बाराको मतपत्र छाप्न बाँकी छ। र, यो मतपत्र छाप्न बढीमा तीन दिन लाग्नेछ। 

प्रत्यक्षतर्फको मतपत्र ४० जिल्लाका लागि करिब एक करोड ७० लाख मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ढुवानी कात्तिक २४ सम्म सक्ने जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फका चार करोड मतपत्र ढुवानी भइसकेको छ।