१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १६ बुधबार १२:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १६ बुधबार १२:२८:००

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं १ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले यसपटक नेकपा एमालेबाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे । अध्यक्ष ओलीले अहिलेको सत्तागबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जाली–किर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए ।

उनले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद् र निर्वाचनको अर्थ के हो भन्दै प्रश्नसमेत गरे । अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताए । 

अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमलेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे । उनले  अहिलेको सत्तागठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिए । उनले  देश बिगार्न नदिन एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए । उनले यतिवेला देशविरोधी तत्वहरू सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए ।

उनले  आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र  काठमाडौंमा पुनर्निर्माण गरिएको धरहराले आफ्ना विरोधीहरूको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे । उनले  विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको पनि दाबी गरे ।