Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १०:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिवि शिक्षण अस्पताललाई हिमालयन बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १०:४९:००

हिमालयन बैंक लिमिटेडले महाराजगन्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चार लाख ५३ हजार रुपैयाबराबरका सामग्री सहयोग गरेको हो ।  

उक्त बारकोड रिडर र प्रिन्टर अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीलाई सहजता होस् भन्ने मनसायले प्रदान गरेको बैंकले जनाएको छ । बारकोड रिडरको कमीले गर्दा भुक्तानी काउन्टरका कर्मचारीरले सेवाग्राहीको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत हुने अपेक्षा गरेको जनाइएको छ । 

सहयोगका सामग्रीहरू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले  अस्पतालका कार्यकारी सञ्चालक प्राडा दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए । समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीको पनि उपस्थिति रहेको थियो ।