१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : राेयटर्स
रासस मोर्बी
२o८१ जेठ ४ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतकाे गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, मोर्बी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:o२:oo

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ। एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन्।

दीपावली पर्व मनाउने क्रममा भिडले खचाखच मोरबीको पुल भाँच्चिएको हो। हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ। अन्य कैयौँ हराइरहेका छन्।ब्रिटिस शासनकालमा १९औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो। गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ। राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ। राष्ट्रिय आपत् एवं राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवं राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर सञ्चालन गरेका थिए। ४० भन्दा बढी चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएका छन्। दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताएका छन्।

ad
ad