मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चक्कु प्रहारबाट युवक गम्भीर घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

हेटौँडा उपमहानगरपालिका– ९ मा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौँडा– ९ कर्राका २८ वर्षीय अजित लामामाथि चक्कु प्रहार भएको हो । 

हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

चक्कु प्रहार गर्ने व्यक्ति फरार भएका छन् । उनको पहिचानसमेत खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको डिएसपी कार्कीले बताए ।