१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:५१:oo

उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मृत्यु भएका दुवै मोटरसाइकल चालक हुन्। 

जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेशकुमार पोदारले कटारी र बेलका नगरपालिका- १ मा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको जानकारी दिए। उनका अनुसार बेलका– १ मा प्रदेश १–०२–०४६ प ४५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको हो। 

यसैगरी, कटारी नगरपालिका– ११ स्थित सगरमाथा राजमार्गमा अनटेस्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कटारी– ११ कै २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो। 
 

ad
ad