१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल तस्बिर
२o८१ जेठ १ मंगलबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रकृतिमा आधारित पर्यटन विकासमा प्रधानमन्त्री देउवाको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५o:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरामा पर्न सक्ने बताएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रकृति संरक्षणमा जोड दिएका हुन्।

देशको प्रकृति संरक्षण गर्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए। ‘प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिन सक्छ,’ उनले भने, ‘प्राकृतिक सम्पदा र वन्यजन्तुहरूको उपस्थितिले देशमा प्रकृतिमा आधारित पर्यटन विकासमा सहयोग पुर्‍याउँछ।’

प्रकृतिलाई पर्यावरण सन्तुलन राख्न र देशको समृद्धिमा सहयोग पुर्‍याउने गरी काम गर्नुपर्ने देउवाको भनाइ थियो। नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको औँल्याउँदै देउवाले वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर देशको अर्थतन्त्रमा सहयोग गर्न सकिने बताए। उनले वन्यजन्तुको संख्या बढ्दै गइरहेकाले मान्छेहरूको क्षति नहुने गरी काम गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।

ad
ad