१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी लन्डन
२o८१ जेठ १ मंगलबार १३:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

डब्लुएचओ प्रमुखलाई लाखौँ डलर दुरुपयोगको आरोप

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:५६:oo

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यालयका प्रमुखलाई लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ । 

उक्त कार्यालयका कर्मचारीले कोभिड– १९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्लुएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन् । 

एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको सयभन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्लुएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्चपदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीलाई दबाब दिएकी तथा लगातर गलत ढंगले कोष र दाताहरूले दिएको रकम दुरुपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्ताबेज एपीले हात पारेको हो ।

म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छिन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकाे बताइएको छ । यद्यपि, उनले ती आरोपलाई अपमानजनक भनेकी छिन् । 

उनीविरुद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरी परेसँगै डब्लुएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । उक्त संस्थाले उनीविरुद्धको अरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ ।
 

ad
ad