१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
कमल खत्री म्याग्दी
२o८१ जेठ ८ मंगलबार १९:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

महिला भलिबल : दुई विभागीय र दुई प्रदेश सेमिफाइनलमा प्रवेश 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १९:४२:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिएका छन्। 

सोमबार भएका क्वाटरफाइनल खेलबाट दुई विभागीय र दुई प्रदेशका टिम सेमिफाइनलमा प्रवेश गरेका छन्। महिला भलिबलमा एपिएफ क्लब, पुलिस क्लब, बागमती प्रदेश र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए। 

क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई, बागमतीले सुदूरपश्चिम प्रदेशलाई, पुलिसले आर्मीलाई र गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्। पहिलो सेमिफाइनल खेलमा एपिएफले २५–१५, २५–१८, २५–१० अंकमा लुम्बिनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। 

त्यसैगरी, बागमतीले सुदूरपश्चिममाथि २५–१२, २५–१५ र २५–२३ को सहज जित निकाल्दै सेमिफाइनल तय गरेको थियो। तेस्रो क्वाटरफाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल निकै रोचक प्रतिस्पर्धा भएको थियो। 

नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो। सुरुका दुई सेटमा २५–१३, र २५–२० को जित निकालेको पुलिसलाई तेस्रो र चौथो सेटमा आर्मीले २५–२३ र २५–१३ को जित निकाल्दै दबाबमा राखेको थियो। 

दुवै टिमको २-२ सेटको नजितापछि निर्णायक पाँचौँ सेटमा पुलिसले १५–१३ अंकका साथ जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। त्यस्तै, गण्डकी प्रदेशले प्रदेश १ माथि २५–१०, २५–१० र २५–१७ को सहज जित निकालेको थियो।

क्वाटरफाइनल चरणका खेलमा एपिएफकी आरती सुवेदी, नेपाल पुलिस क्लबकी टिम क्याप्टेन कमला पुन, बागमती प्रदेशकी प्रगति नाथ र प्रदेश नम्बर १ की पूर्णिमा राई उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

मंगलबार दुई सेमिफाइनल खेलमा विभागीय टिम एपिएफ र बागमती प्रदेश तथा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिए।   
                         

ad
ad