१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके आठ संयोजक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन्। 

दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन्। 

अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेस प्रदेशका ८ वटै जिल्लाको संयोजक तोकेका छन्। आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लामा संयोजक तोकेको जानकारी दिए। 

अभियानको जिल्ला संयोजकका रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह (अमर),  सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहामा सरोज यादव र सप्तरीमा वसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ। अभियानलाई वडा तहदेखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए।

एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए। 

उनले मधेसका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारहरूको प्यानल निर्माण गर्न लागेका हुन्।