१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४o:oo

हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । असोज महिनाभित्रै अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन गर्न विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय गरिरहेको विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिए । सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । 

द्रुत डाँक सेवा, पार्सल–सामान वा मालवस्तु र चिठीपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रुत सेवाअन्तर्गत हवाइमार्गमार्फत काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा सेवा दिँदै आएको छ ।

त्यस्तै, पर्वत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ । 

ad
ad