१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

केन्यामा खडेरी : नौ लाख बालबालिकामा कुपोषण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

केन्यामा लामो समयदेखि परेकाे खडेरीका कारण पाँच वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको सिकार भएका छन्। राष्ट्रिय सुक्खा व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार करिब नौ लाख ४२ हजार बालबालिका कुपोषणको सिकार भएका छन्। 

एनडिएमएले आफ्नो मूल्यांकनमा २३ प्रतिशत सुक्खा र अर्ध–सुक्खा खडेरी परेका क्षेत्रका बालबालिकामा तीव्र रूपमा कुपोषण फैलिएको छ। यस्तै, एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ।

संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचो रहेका व्यक्तिको संख्या हाल ४३ लाखभन्दा बढी रहेको जनाएको छ। सो संख्या गत जुनको ४१ लाखको आसपासमा थियो। एनडिएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईवस्तु, बाख्रा र भेडाजस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको पनि बताएको छ। 

यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशपक्षीको मृत्यु भएको बताएको छ। ‘हर्न अफ अफ्रिका’का लाखौँ मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्। यसमध्ये केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन्।