१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

बजार तताउँदै गायक नवीन कार्कीको 'सागर' [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:३९:oo

चाडपर्वको मौसमसँगै गायक नवीन कार्की र मेलिना राईको नयाँ गीत ‘सागर’ले बजार तताउन थालेको छ। 

यसअघि दुई दर्जन बढी गीत बजारमा ल्याइसकेका नवीनको यो नवीन प्रस्तुतिले सांगीतिक बजारमा उनको उचाइ थप्ने विश्वास गरिएको छ। 
 
‘सागरले मोती पायो, बत्तीले ज्योति पायो’ बोलको गीत सार्वजनिक भएको केही दिनमै २ लाख १५ हजारले युट्युबमा हेरिसकेका छन्। 

गीतको लेखन वरिष्ठ गीतकार डा.कृष्णहरि बराल र संगीत रिमेशकुमार थापाले गरेका हुन् भने संगीत संयोजन विश्व अधिकारी र रेकर्डिङ, मिक्सिङ भोला पौडेलले गरेका हुन्।

यो भिडियो कार्टुन क्रिउका कलाकारले अभिनय गर्दै युट्युब च्यानलमार्फत यही दसैँको बीचमा स्रोता, दर्शकबीच सार्वजनिक गरिएको हो। भिडियोमा कार्टुन क्रिउका सरोज अधिकारी र आश्मा विश्वकर्माले मुख्य अभिनय गरेका छन्।

माया प्रेम जोडिएको यो गीतमा मेलिना र नवीनको स्वर खुलेको छ। गीतका शब्द र भावअनुसार संगीत र गायनसँगै अभिनयमा तालमेल देखिन्छ। 

दोलखा जफेका गायक नवीनले यसअघि 'कुवाको पानी उघाई खाएँ', 'जलुकी पातैमा', 'महलमा राज होला तिम्रो', 'आँखाले हेरिनी'जस्ता गीत स्रोतामाझ लोकप्रिय भइसकेका छन्। ती गीतले विभिन्न म्युजिक अवार्डसमेत हात पारेका छन्। 

'पछिल्लो सागरले मोती पायो, बत्तीले ज्योति पायोबाट हाम्रो टिमले निकै मेहनत पनि गरेको छ, स्रोता दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पाइरहेका छौँ। छोटो समयमा बढेका भियुर्सले पनि यही देखाउँछ,' यो गीतप्रति आशावादी हुँदै गायक कार्कीले भने।

ad
ad