१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाको कहर : डोल्पामा चिसोले एकजनाको मृत्यु, दुई दर्जन पर्यटक अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

एक सातादेखिको निरन्तर वर्षाका कारण डोल्पामा चिसो बढ्दा एकजनाको मृत्यु भएको छ। उपल्लो डोल्पा जाने क्रममा ठूलीभेरी नगरपालिका– ७ बस्ने नरेन्द्र विकको चिसोका कारण फोक्सुन्डाेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनी विदेशी पर्यटकको पथ प्रदर्शनका लागि फोक्सुन्डाे पुगेका थिए। उनको शव आजै हेलिकाेप्टरबाट सदरमुकाम ल्याइने तयारी भइरहेको छ।

त्यसैगरी, ठूलीभेरी– १० का कर्णबहादुर डाँगी डोल्पोबुद्ध गाउँपालिकामा हिउँमा पुरिएका छन्। तिन्जेबाट धो आउने क्रममा उनी छोइला लेकमा हिउँमा पुरिएका हुन्। सरसामान भेटिए पनि डाँगीको अवस्थाबारे जानकारी नरहेको र खोजीकार्य जारी रहेको प्रनाउ थापाले बताए।

दुई दर्जनभन्दा बढी पर्यटक अलपत्र
अविरल वर्षाका कारण डोल्पा घुम्न आएका दुई दर्जनभन्दा बढी पर्यटक जिल्लाका विभिन्न ठाउँमा अलपत्र परेका छन्। उपल्लो डोल्पाको शे गुम्बा, धोलगायतका ठाउँमा पर्यटक अपलत्र परेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

आज मात्रै डोल्पोबुद्ध गाउँपालिकाको धोबाट १५ विदेशी नागरिकको हेलिकाेप्टरबाट उद्धार गरिएको प्रनाउ थापाले बताए। यसअघि आइतबार पनि शे गुम्बाबाट दुई दर्जनभन्दा बढी पर्यटकको हेलिकाेप्टरबाट उद्धार गरिएको थियो।

वर्षाकै कारण जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने त्रिवेणी–दुनै खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकका विभिन्न ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि आन्तरिक जिप सेवा बन्द भएको छ भने सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।