मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Monday, 10 August, 2026
२o७९ असोज २३ आइतबार १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १८:१६:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। पुनले सत्तारुढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। 

पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराएका थिए। पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषद्का सदस्य भानबहादुर घर्ती छन्। 

सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलका सदस्यसमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैँ उपस्थित हुन नसकेको बताए। 

‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिनँ। गएराति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँडको काममा व्यस्त थिएँ,’ पुनले भने, ‘फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु।’ 

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित भएका थिए। उनी ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए। 

प्रदेश सभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्।