१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:o१:oo

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ।

पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना रहेको छ। 

मौसम पुर्वानूमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ। अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।

राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ। 

यस्तै, भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ। वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले सकेसम्म खोला नतर्न र पर्वतारोहणमा नजान पनि मौसमविद्को सुझाव छ।

ad
ad