मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १९ बुधबार ११:०४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू– १७ एसियन कप छनोट : आज नेपाल थाइल्यान्डसँग खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १९ बुधबार ११:०४:००

एएफसी यू– १७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।

भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट सुरु हुँदै छ । नेपाली टिमको नेतृत्व प्रशान्त लक्समले गर्दै छन् भने प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् । 

समूह ‘एफ’मा नेपाल र थाइल्यान्डसँगै चाइनिज ताइपेई र घरेलु टोली भियतनाम छन् । समूहको शीर्ष स्थानमा रहने टिम फाइनल प्रतियोगिताका लागि छनोट हुनेछ । १० समूहमध्ये उत्कृष्ट ६ उपविजेता पनि छनोट हुनेछन् ।