मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o८:१३:oo
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपतिले नागरिकलाई दसैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१३:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नागरिकलाई टीका लगाइदिनेछिन्। राष्ट्रपति कार्यालयले ३ देखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम राखेको छ। 

राष्ट्रपति कार्यलयका अनुसार दिउँसो दुईदेखि ३ बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने ३ देखि ५ बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ।

अघिल्ला वर्षमा नागरिकलाई टीका लगाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले भने यसपटक नागरिकलाई टीका नलगाइदिने भएका छन्। 

डेंगुको महामारी फैलिरहेका वेला पूर्वराजा शाहले टीका नलगाउने  निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिए।