१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १७ सोमबार ००:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयोगले तोक्यो निर्वाचनको खर्च सीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १७ सोमबार ००:४४:००

निर्वाचन आयोगले आइतबार प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगको आइतबारको बैठकले चुनावको खर्च सीमा तोकेको हो । 

आयोगको निर्णयअनुसार २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रूपैयाँ खर्च गर्न पाउनेछन् । ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रूपैयाँ खर्चन पाउनेछन् । १७ वटा निर्वाचन क्षेत्रको खर्च २७ लाख रूपैयाँ कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले विज्ञप्तिमार्फत् जानकारी दिए ।

‘हामीले तीन आधारमा उम्मेदवारका खर्च तोकेका छौं । उम्मेदवारले अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत खर्च गर्नुपर्नेछ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।

चुनावी प्रयोजनका निम्ति छुट्टै खाता खोल्न आयोगले दल तथा उम्मेदवारलाई निर्देशन पनि दिएको छ । ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने क्षेत्र ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी छन् । 

३१ लाख रूपैयाँ खर्च गर्न पाउने क्षेत्र इलाम १ र २, झापा २, ३ र ५, भोजपुर, धनकुटा, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुंगा, उदयपुर १, सर्लाही १ र ३, बारा १, सिन्धुली १ र २, धादिङ १ र २, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चितवन १ र ३, कास्की ३, तनहुँ २, स्याङ्जा १, नवलपरासी बर्दघाट सुस्ता पूर्व १ र २, म्याग्दी १, पर्वत १, गुल्मी १, रुपन्देही १ र ५, कपिलवस्तु १ र २, दाङ २ र ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १ र २, रुकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा छन् ।

२९ लाख रूपैयाँ खर्च गर्न पाउने क्षेत्रमा झापा १ र ४ , मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १, २, ३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १, २, ३ र ४, बारा २, ३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बाग्लुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ छन् ।

यसैगरी, २७ लाख रूपैयाँसम्म खर्च गर्न पाउने क्षेत्र तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्व छन् ।  २५ लाख रूपैयाँ खर्च गर्ने क्षेत्रमा काठमाडौं १, ३, ६, ७ र ८ छन् ।

आयोगको निर्णय अनुसार प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारले २ लाख रूपैयाँ र प्रदेशसभाकाले १ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउँछन् ।