१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले अवैध संरचना भत्काउने काम दसैँँमा पनि नरोक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:oo:oo

काठमाडौं महानगरपालिकाले अवैध ढंगबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रमलाई दसैँका वेला पनि जारी राख्ने भएको छ । ६ भदौयता ५६ स्थानका एक सय ३५ संरचना भत्काइएको महानगरले दसैँको बिदामा पनि अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिने महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिएका छन्। 

कामपाले अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँँको समयमा पनि निरन्तरता दिने कामपा नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् । ‘कानुनी रूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ । त्यसका लागि कामपाले नक्साअनुरूप वैध–अवैध यकिन गरिरहेको छ,’ उनले भने । 

अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ । 
काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् । कीर्तिपुर नगरपालिकाले गत ९ भदौदेखि नक्साविपरीत निर्माण भएका संरचना भत्काउन थालिसकेको छ । सात दिनको सूचना सार्वजनिक गर्दा पनि नागरिकले आनाकानी गरेपछि अवैध रूपमा निर्माण भएका संरचना भत्काउन थालिएको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।  

भक्तपुरको थिमी नगरपालिकाले पनि अवैध संरचना हटाउने काम सुरु गरिसकेको छ । काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका स्थानीय तहले पनि यसलाई बिस्तारै अनुसरण गर्न थालेका छन् ।

मेयर साहविरुद्ध नाराबाजी

काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीयले शनिबार साँझ प्रदर्शन गरेका छन् । स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । स्थानीयले डोजर आतंक बन्द गर, नेवाः एकता जिन्दावाद, नेवाः विरोधी होसियारजस्ता नारा लगाएका थिए । स्थानीयको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमी पनि पुगेका थिए ।

ad
ad