Skip This
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १२९ को मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १६ आइतबार
  • Tuesday, 11 August, 2026
२o७९ असोज १६ आइतबार o८:४९:oo
Read Time : < 1 मिनेट
विश्व

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १२९ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १६ आइतबार o८:४९:oo

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।

इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हुलदंगामा करिब १८० जना घाइते भएका छन्।

हार्ने पक्षका समर्थकहरू हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए। घटनापछि जारी लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ।