१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७९ असोज १४ शुक्रबार १३:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनकुटामा भएको खुला सडकदौडको उपाधि सेनाका बस्नेतलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १३:३५:oo

धनकुटामा भएको खुला सडकदौड प्रतियोगितामा नेपाली सेनाका देवराज बस्नेत पहिलो भएका छन्। विश्व मुटु दिवसको अवसरमा पूर्वप्रहरी संस्था धनकुटाले आयोजना गरेको धनकुटा रेडरेस प्रतियोगितामा बस्नेत प्रथम भएका हुन्।

धनकुटा नगरपालिका– ९ स्थित रुद्रवासीबाट कोसी राजमार्ग हुँदै धनकुटा बजारसम्म दौड प्रतियोगिता गरिएको थियो। १५ किलोमिटरको दौड प्रतियोगितामा लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत बस्नेतले एक घन्टा एक मिनेट १९ सेकेन्डमा दौड पूरा गरेका थिए। उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ हात पारेका छन्।

उक्त प्रतियोगितामा सञ्जय श्रेष्ठ दोस्रो, प्रताप खड्का तेस्रो तथा गोविन्द कार्की र याङदेव राई सान्त्वना भए। उनीहरूले क्रमशः २० हजार, १० हजार, दुई हजार पाँच सय र दुई हजार रुपैयाँ नगद हात पारे।

त्यस्तै महिलातर्फको आठ किलोमिटर दौडको उपाधि सुनकला राईले जितेकी छिन्। धनकुटा नगरपालिका– ९ गुठीटारदेखि धनकुटासम्मको दौड उनले ५६ मिनेट दुई सेकेन्डमा पूरा गरेकी थिइन्। उनले उपाधि जितेसँगै नगद १० हजार हात पारिन्। महिलातर्फ क्रमशः दोस्रो र तेस्रो भएका रेनुका कार्की र कल्पना राईले क्रमशः सात हजार र पाँच हजार नगद प्राप्त गरेका छन्। प्रतियोगितामा खुलातर्फ ७८ जना र महिलातर्फ नाैजना सहभागी रहेका आयोजक पूर्वप्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीले बताए।

सो अवसरमा पूर्वप्रहरी संस्था धनकुटाले धनकुटाका धावक डेबिट खेवालाई सम्मान गरेको छ। खेवा काठमाडौंबाट ५६ घन्टा ४७ मिनेट २९ सेकेन्डमा दौडिएर धनकुटा आइपुगेका थिए। उनले यसअघि धरान–धनकुटाको ५२ किलोमिटरको दूरी पाँच घन्टामा दौडिएर पूरा गरेका थिए।