मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १४:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत ओम अध्याय रिट्रिट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १४:५२:oo

४३औँ विश्व पर्यटन दिवसको अवसरमा थाहा नगरपालिका– ६ मा रहेको ओम अध्याय रिट्रिट सम्मानित भएको छ। भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले ओम अध्याय रिट्रिटलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरे।

ओम अध्याय रिट्रिटले ग्रामीण क्षेत्रमा तीनतारे रिसोर्ट निर्माण तथा सञ्चालनमार्फत स्थानीय उत्पादन र स्थानीय रोजगारीलाई प्राथमिकता दिई विगत ६ वर्षदेखि ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आइरहेको छ।

देशैभरका आन्तरिक तथा बाह्य पर्यटनमा संलग्न विभिन्न विधाका ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, होटेल रिसोर्ट, एयरलाइन्स, पर्वतारोहीमध्येबाट मन्त्रालयले गठन गरेको सम्मान सिफारिस तथा छनाेट समितिले सात व्यक्ति तथा संस्थाको नाम छनाेट गरेको थियो।

‘राज्यबाट महत्वपूर्ण सम्मान पाउँदा हामी अत्यन्तै खुसी र गौरवान्वित छौँ। यो दौरान साथ, सहयोग र माया गर्नुहुने तथा सुधारात्मक प्रतिक्रिया दिनुहुने सम्पूर्णप्रति आभारी छौँ,’ ओम अध्याय रिट्रिटका सञ्चालक अर्जुनसिंह ठकुरीले भने।