१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असोज १३ बिहीबार १०:४८:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

दसैँमा घर यसरी सजाउनुस्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असोज १३ बिहीबार १०:४८:००

घरसँग मानिसको भौतिक मात्रै होइन, भावनात्मक सम्बन्ध पनि रहन्छ । त्यसैले आफ्नो घर–आँगनलाई हामीले सधैँ सुन्दर र सफा राख्नुपर्छ । अझै, दसैँजस्ता चाडबाडमा घरलाई बाहिर तथा भित्रबाट कलर गर्ने गरिन्छ । त्यस्तै, विभिन्न लाइट पनि घरमा जडान गरिन्छ । यसरी घर सजाउँदा फर्निचर, कोठामा प्रयोग गरिने पर्दा, लुगा, कार्पेट तथा अन्य सजावटका सामग्रीको उत्तिकै महत्‍व रहन्छ । सामान राख्दा रङको संयोजन कसरी गर्ने भन्ने झनै महत्‍वपूर्ण हुन्छ । किनकि, घरभित्रको डिजाइन गर्दा कलर मिलाउन सकिएन भने घरका कोठा अव्यवस्थित देखिन्छ । आकर्षक देखाउनका लागि भित्ताको कलर, फर्निचर, कार्पेट, पर्दालगायतका सामानसँग मिल्नेखालको हुनुपर्छ । 

आँगन

आँगनमा खाल्डाखुल्डी छन् भने पुर्नुपर्छ, फोहरहरू सफा गर्नुपर्छ । घरको मूलढोकामा पनि रङरोगन र सफाइ गर्नुपर्छ ।  पुरानै रङ ठीक लाग्छ भने नफेर्दा पनि भयो, तर त्यो सफा र उज्यालो हुनुपर्छ । घरबाहिर हिलो जमेको छ भने त्यसलाई हटाएर सफा बनाउन सकिन्छ । चाडबाडमा रातभर घर उज्यालो पार्ने गरी लाइट प्रयोग गर्न सकिन्छ ।  

किचेन 

किचेन सजाउन विभिन्न डिजाइनका दराज तथा डाइनिङ टेबल पाइन्छन् । लाइटिङ पनि आफ्नो रोजाइअनुसार राख्दा हुन्छ । मुख्य कुरा, किचेन सफा राख्नुपर्छ ।

बेडरुमको सजावट

पहिले फ्लोरिङ, रुमको हाइट, फर्निचर लेआउट, लाइटिङ, पेन्टिङ आदि चेन्ज गर्नुपर्छ । त्यसपछि दुईजनाले सेयर गर्ने हो भने दुईवटा सिंगल बेड राख्दा हुन्छ । दम्पतीका लागि क्विइन वा किङ बेड राख्नु राम्रो हुन्छ । बेडरुममा स्टडी र ड्रेसिङ टेबल पनि राख्न सकिन्छ । तपाईंले बेडरुममा काम पनि गर्नुहुन्छ भने ह्वाइट तथा ब्राइट लाइट राख्दा राम्रो हुन्छ । मोडर्न थिमको बेडरुममा ‘डार्क कलर’ पनि राम्रो देखिन्छ । रोयल कलर पनि प्रयोग गर्दा राम्रो देखिन्छ । न्यु मोडर्न थिमको ‘बेडरुम’ छ भने ग्रिन र लाइट कलर अझ खुल्छ । 

बैठक कोठा सजाउन...

  • लिभिङ रुम अर्थात् बैठक कोठालाई घरको मुटु भन्दा पनि फरक नपर्ला । यो कोठालाई परिवारका सम्पूर्ण सदस्यसँग एकसाथ लामो समय व्यतीत गर्न, सिनेमा हेर्न, पुस्तक पढ्न, पाहुनालाई स्वागत गर्नेलगायत काममा प्रयोग गरिएको हुन्छ । 
  • बैठक कोठामा धेरै सामग्री राख्दा अव्यवस्थित देखिने भएकाले आवश्यक सामग्री मात्रै राख्दा हुन्छ । 
  • सोफामा राखिएको कुशन र झ्यालको पर्दाको कलर सकेसम्म म्याच हुनुपर्छ । जसले कलरफुल एवं उज्यालो देखाउँछ । 
  • लिभिङ रुमको डिजाइन क्लासिकल वा मोडर्न दुवै तरिकाले गर्न सकिन्छ । मोडर्न डिजाइनमा फर्निचर र अरू डिजाइनका सामग्री जतिसक्दो कम प्रयोग गरिएको हुन्छ । 
  • भित्तामा रङ परिवर्तन गर्न सक्नुहुन्छ । पहिले लगाइरहेको रङलाई नै प्रयोग गर्न सक्नुहुन्छ । नयाँ रङ लगाउने समय छैन भने ‘वालपेपर’ पनि प्रयोग गर्न सक्नुहुन्छ । 
  • घरको कोठालाई आकर्षक बनाउन लाइटिङको उत्तिकै महत्‍व छ । विभिन्न कलरको बत्ती जडान गर्दा कोठाको
  • आकर्षण बढ्छ । 

इन्डोर प्लान्ट : घरका हरेक कोठामा ‘इन्डोर प्लान्ट’ राख्ने ट्रेन्ड चलेको छ । इन्डोर प्लान्टलाई धेरै केयर गरिराख्नुपर्दैन, यसले राम्रो देखाउने मात्र होइन, कोठामा स्वच्छ हावाको सञ्चार गराउने काम पनि गर्छ । एरिका पाम, चामाडोरा पाम, सिफोडिया पाम, रबर प्लान्ट, मोनेस्टेरा, फिलोडेन्ड्रन, मनीप्लान्टलगायत विभिन्न थरीका इन्डोर प्लान्ट राख्न सकिन्छ । 
 

ब्राइट लाइट : कोठालाई आकर्षक बनाउन बत्ती (लाइट) निकै महत्‍वपूर्ण हुन्छ । भित्ताको रङ, पर्दा तथा अन्य सामग्रीलाई प्रकाशले उज्यालो देखाउँछ । घरको कोठामा सकेसम्म ‘नेचुरल लाइट’को प्रयोग गर्दा राम्रो हुन्छ । 

पर्दा छनोट : घरको कोठाका आकार फरक–फरक हुन्छन् । कोठामा लगाइएको ‘कलर’अनुसार पर्दा छनोट गर्दा उत्तम हुन्छ । तपाईंले घरमा ‘डार्क कलर’को पर्दा लगाइरहनुभएको छ भने ‘ब्राइट कलर’ पर्दा चेन्ज गर्दा राम्रो देखिन्छ । कोठा सेतो, क्रिम, ग्रे, हल्का नीलो रङ छ भने गाढा रङको पर्दा छनोटले कोठालाई आकर्षक देखाउँछ । कोठा सानो भए पनि त्यहाँ गरिने रङरोगन र फर्निचर तथा पर्दाले कोठालाई ठूलो देखाउन सक्छ । डार्क कलरभन्दा हल्का रङको पर्दाले कोठालाई उज्यालो बनाउँछ ।