१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस मनिला
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, मनिला
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ। यस प्रकोपका कारण यहाँ लाखौँ मानिस शरणार्थी बन्न पुगेका छन्।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसपछि अन्य पाँचजनाको मृत्यु भएको जनाइएको छ।

फिलिपिन्स विश्वव्यापी रूपमा सबैभन्दा प्रकोप–प्रवण देशमध्ये एक हो। मुख्यतया प्यासिफिक रिङ अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण औसतमा, द्वीपसमूह देशमा वार्षिक २० वटा आँधी आउने गरेको पाइन्छ। यीमध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन्।