मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार ०६:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

घट्यो कोरोना संक्रमण दर  २४ घन्टामा ५३ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार ०६:४८:००

 केही दिनयता कोरोना भाइरस संक्रमण दर घटेको छ । एक सातायता दैनिक संक्रमण दर एक सयभन्दा कममा सीमित रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा जम्मा ५३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार दुई हजार ६ सय २४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ८४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । 

सक्रिय संक्रमितको संख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौं मात्रै रहेको छ । १४ जिल्लामा संक्रमित संख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् । 

होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियू)मा १० जनाको उपचार भइरहेको छ । विगत २४ घन्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।